सगरमाथा आरोहण मार्ग निर्माण हुँदै (फोटो फिचर)

२०७९ सालको जेठ अर्थात स्प्रिङमा गरिने सगरमाथा आरोहणका लागि मार्ग निर्माण कार्य शूरु भएको छ । शुक्रबार मार्ग निर्माण पहिलो क्याम्पसम्म निर्माण सम्पन्न भएको छ । आइसफल डाक्टरहरुको टोलीले आरोहणको अप्ठ्यारो मार्ग मानिने खुम्बु आइसफलमा भर्याङ र डोरी टाँगेर पहिलो क्याम्पसम्म पुर्याएको छ ।
आधारशिविर देखि छ हजार दुई सय
मिटरको दोस्रो क्याम्पसम्म बाटो बनाउन निजी संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति सोलुखुम्बुले जिम्मा लिएको छ । हिउँको जंगलको नामले चिनिने खुम्बु आइसफलमा सात मिटर लामो चार देखि छ वटासम्म भर्याङ जोडेर बाटो बनाउनु पर्ने आइसफल डाक्टरहरुले जनाएको छ ।
गतवर्षहरुमा ४० देखि ५० वटासम्म भर्याङ प्रयोग हुँदै आएपनि यस वर्षभने ७० वटासम्म लाग्न सक्ने भन्दै संस्थाले तयारी गरेको जनाएको छ । खुम्बु आइसफल हुँदै सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहण हुने गर्दछ ।
संस्थाले अप्रिलको पहिलो सातासम्ममा दोस्रो क्याम्पसम्म बाटो निर्माणसम्पन्न गरिसक्ने जनाएको छ । यी हिमालहरु आरोहणका लागि आउने आरोहीसँग प्रतिव्यक्ति सगरमाथा प्रदूषण नियन्त्रण समितिले छ सय डलर र आरोहण सञ्चालक संघले दुई सय डलर गरी आठ सय डलर असुल गर्दै आएका छन् ।
एक सय ४२ जना हिमालको आरोहण गर्दै
यस वर्षको आरोहणका लागि १४१ जना आरोहीले
हिमाल आरोहणका लागि पर्यटन विभागबाट अनुमती लिएका छन् । विभागले जारी गरेको सूचना अनुसार यी मध्ये सगरमाथा सहित ११ वटा हिमाल आरोहण गर्न १९ वटा आरोहणदलबाट अनुमती लिएको हो ।
आरोहण शुल्क बापत विभागले चार करोड ५१ लाख ९२ हजार ९० रुपैयाँ राजश्व समेत संकलन गरेको छ ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल