नीतिगत रुपमा पर्यटन प्राधिकरण बनाउन सरकारसँग व्यवसायीको माग

काठमाडौँ । पर्यटन क्षेत्र भद्रगोल अवस्थामा रहेको र मन्त्री, कर्मचारीले पर्यटनको मर्म बुझ्न नसकेको भन्दै यसको स्थायी व्यवस्थापन गरी पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न पर्यटन प्राधिकरण गठन गर्न व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।
होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २१औं वार्षिक साधारण सभामा बोल्दै व्यवसायीले तिनै तहको सरकारले नीति बनाउन माग गरेका छन्। पर्यटन क्षेत्रको विकास गर्ने गरी राज्यको स्पष्ट पर्यटन नीति नभएकाले पर्यटन व्यवसाय सञ्चालनमा समस्या भएको व्यवसायीले गुनासो गरेका छन् ।
कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसाय कोरोना संक्रमण घट्दै गएपछि केही सहज हुन थालेको बेला देशको अस्थिर राजनीतिले पर्यटन व्यवसाय प्रभावित भएको व्यवसायीले बताएका छन् ।
कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी तथा होटेल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधवप्रसाद नेपालले राज्यको स्पष्ट पर्यटन नीति नभएकै कारण पर्यटन क्षेत्र फस्टाउन नसकेको बताए । पर्यटन व्यवसायी गोपाल रानाले पर्यटन क्षेत्रको विकासका लागि राज्यले चासो दिनुपर्ने बताए ।
कार्यक्रममा पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति पाण्डे, सिद्धार्थ होटेल व्यवसायी संगठनका अध्यक्ष पीताम्बर न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराईलगायतले पर्यटन व्यवसायको पुन:रुत्थानका लागि पुनरकर्जाको भुक्तानीको समयावधि पाँच वर्ष पुर्याउन माग गरेका छन् ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल