स्वस्तिमाले छाडिन् ‘पल्पसा क्याफे’

काठमाण्डौ । अभिनेत्री स्वस्तिमा खड्का पहिलो पटक नाटकमा अभिनय गर्ने तयारीमा थिइन् । ‘पल्पसा क्याफे’ पुस्तकमाथि मञ्चन हुन लागेको नाटकमा उनको अभिनय रहने गरी गत वर्ष राजधानीमा एक कार्यक्रमका बीच नाटकको घोषणा गरिएको थियो । कोरोनाका कारण एक वर्ष रोकिएको नाटक अब आउँदो बैशाख ९ गतेबाट मञ्चन हुँदैछ तर स्वस्तिमाले भने नाटकबाट हाट झिकेकी छन् ।
समय अभावका कारण स्वस्तिमाले नाटकमा अभिनय गर्न नसकेको निर्देशक विमल सुवेदीले जानकारी दिए । उनी बाहिरिएसँगै नाटक ‘पल्पसा क्याफे’मा अभिनेत्री सृष्टि श्रेष्ठको प्रवेश भएको छ । अब उनले नाटकमा पल्पसाको भूमिका निर्वाहा गर्नेछन् । थिएटर भिलेजको नाटक थापागाउँस्थित मण्डला थिएटरमा वैशाख महिनाभर मञ्चन हुने सह–निर्देशक दीलिप रानाभाटले बताए ।
सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको नाटकमा दृश्यको भूमिकामा नाटक निर्देशक विमल सुवेदी आफैँले अभिनय गर्ने भएका छन् । अर्का प्रमुख पात्र सिद्धार्थको भूमिका भने दिपेश राईले निभाउँदै छन् । कोरोना महामारीका कारण नाटक पटकपटक सरेकाले नयाँ–नयाँ कलाकारहरूलाई जुटाउन धेरै समस्या भएको कास्टिक डिरेक्टर तथा सह(निर्देशक दीलिप रानाभाटले जानकारी दिए ।
हालै प्रदर्शनमा आएको फिल्म ‘चिसो एष्ट्रे’बाट अभिनयको प्रशंसा बटुलेकी सृष्टिले यसअघि पनि नाटकको अनुभव लिइसकेकी छन् । उनले थिएटर भिलेजकै ‘ह्याम्लेट’ नाटकमा अभिनय गरेकी थिइन् । नाटक ‘पल्पसा क्याफे’मा दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना लगायतको पनि अभिनय रहनेछ ।
Topics
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल