कविताः भोट कसलाई

कविताः भोट कसलाई
भोट त्यसलाई दिनुहोस्
जस्लाई दिएर पछि
आफैले आफैलाई जिस्क्याउँन नपरोस्
उसैका विरुद्ध साथीभाइ बिच्क्याउँन नपरोस् ।
भोट त्यसलाई दिनुहोस्
जस्लाई दिएर पछि
पटक पटक बिन्ती बिसाउँन नपरोस्
काम बनेन भनेर दाँत ङिच्याउँन नपरोस् ।
भोट त्यसलाई दिनुहोस्
जस्लाई दिएर पछि
‘म फलानो’ भनेर चिनाउँन नपरोस्
सिमाना हेर्न बोलाउँदा घिस्याउँन नपरोस् ।
भोट त्यसलाई दिनुहोस्
जस्लाई दिएर पछि
थाप्लो ठोकेर चिच्याउँन नपरोस्
धाउँदा धाउँदै उमेर सिध्याउान नपरोस् ।
भोट त्यसलाई दिनुहोस्
जस्लाई दिएर पछि
चिया खुवाएर रिझाउँन नपरोस्
ऊ छोटे राजा भन्दै उसैसित रिसाउँन नपरोस् ।
भोट त्यसलाई दिनुहोस्
जस्लाई दिएर पछि
समाजको आँखामा बिझाउन नपरोस्
भोट हाल्ने आफ्नै हात लोहोराले किच्याउन नपरोस् ।
Topics
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल