सेयर बजारमा घट्नेक्रममा

सेयर बजारमा घट्नेक्रममा

काठमाडौं । दैनिक जसो गिरावट आउने गरेको सेयर बजार बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २३ दशमलव ३२ अंकले घटेर २ हजार ४ सय २८ दशमलव ७५ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २८ अंकले घटेको छ ।

केही दिन यता नेप्से परिसूचक लगातार ओरालो लागिरहेको छ । परिसूचक घट्दा त्यसको असर सेयर कारोबार रकममा समेत परेको छ । बुधबार दिनभर भएका ३८ हजार १७८ कारोबारबाट २२६ कम्पनीका ४३ लाख ७२ हजार १७१ कित्ता सेयर किनबेच भएको छ । जसबाट कारोबार रकम १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँमा रोकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position