दोस्रो मेयर कप बैशाख ६ देखि हुने

काठमाडौं । ललितपुर महानगरपालिका दोस्रो मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता बैशाख ६ गतेबाट सुरु हुने भएको छ ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजना र ललितपुर महागरपालिकाको मुख्य प्रयोजनमा सञ्चालन हुने प्रतियोगिता बैशाख ६ गतेदेखि १० गतेसम्म सञ्चालन हुने पक्का भएको हो । प्रतियोगिताका खेलहरु जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा सञ्चालन हुनेछ ।
महिला र पुरुष गरि दुई स्पर्धामा आयोजना हुने प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी हुने टिमले बैशाख ३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ ।
नेपालको भलिबल खेलको विकासमा महत्वपुर्ण योगदान गर्दै आएको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले ललितपुर महानगर पालिकाको सहयोगमा मेयर कप खुल्ला भलिबल प्रतियोगिता आयोजनाको सुरुवात गरेको हो ।
Topics
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल