दुई नुवाकोटे बिच को बन्ला त, सशस्त्र प्रहरीका आइजीपी ?

दुई नुवाकोटे बिच को बन्ला त, सशस्त्र प्रहरीका आइजीपी ?

काठमाडौं । चैत २७ गते आइतबार सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालको पदावधि सकिएसँगै नुवाकोटका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतिस्पर्धा शूरु भएको छ । एआईजी पुष्पराम केसी र रामशरण पौडेल मध्ये एक जना आईजीपी हुने पक्का पक्की भएको छ यी दुई जनानै नुवाकोटका हुन् ।

सरकारले सम्भवतः सोमबार आईजीपीमा केसी र पौडेलमध्ये एक जनालाई नियुक्त गर्नेछ । आईजीपीको लाइनमा रहेका दुई एआईजी र आईजीपी खनाल एकै ब्याजी हुन् । एकै पटक उनीहरू प्रहरी नायव उपरीक्षक (डीएसपी) भएपछि २०५८ मा सशस्त्र प्रहरीमा गएका थिए । तत्कालीन नेकपा माओवादीलाई परास्त गर्न भन्दै २०५७ मै सशस्त्र प्रहरी गठन गरेको थियो ।

सोही संगठनमा डीएसपीबाट प्रवेश गरेका खनाल आईजीपको चार वर्षे पदावधि सकेर सेवा निवृत्त हुँदा केसी र पौडेल प्रतिस्पर्धी बनेका हुन् । उनीहरू प्रहरी निरीक्षक २०४९ वैशाख १९ गते भएका थिए । ठीक ३० वर्षपछि आईजीपीको प्रतिस्पर्धीमा होमिएका छन् ।

२०६१ साल वैशाखमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी), २०६६ साल मंसिरमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), २०६९ जेठमा सशस्त्र प्रहरी महानिरीक्षक (डीआईजी) र २०७४ वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएका हुन् ।

हाल एआईजी केसी कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख छन् । अर्का एआईजी पौडेल भने प्रशासन तथा मानव स्रोत विभाग प्रमुख छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position