तिव्वतबाट आठ र नेपालबाट दोस्रो गरी १० औँ पटक सगरमाथा आरोहण गर्दै लाक्पा शेर्पा

काठमाडौं । आठ पटक तिव्वत तर्फको बाटोबाट सगरमाथाको आरोहण गरेकी संखुवासभा जन्मिएकी अमेरिकी निवासी लाक्पा शेर्पाले दोस्रो पटक नेपालको बाटो हुँदै सगरमाथाको आरोहण गर्ने भएको छ ।
यस अघि धेरै पटक सगरमाथाको आरोहण गर्ने महिलामा विश्वकीर्तिमान बनाएकी आरोही शेर्पाले आफ्नै कीर्तिमान तोड्न फेरी सगरमाथाको आरोहण गर्ने बताइन ।
नौ पटक सफल आरोहण गरी सक्नु भएकी लाक्पा १० औँ पटक सगरमाथा आरोहणका लागि आधारशिविर तर्फ जान लाग्नु भएको आरोहण आयोजक कम्पनी सेभेन समिट क्लवका प्रमुख मिङमा शेर्पाले जानकारी दिए ।
लाक्पाले यस अघि सन् २०००, २००१, २००३, २००४, २००५, २००६, २०१६, २०१७, २०१८ मा सगरमाथाको आरोहण गरेकी हुन् । यो वर्षको आरोहणपछि धेरै पटक सगरमाथा आरोहण गर्नुहुने महिलाको कीर्तिमान तोडिने भएको छ ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल