बृहत शेर्पा भेला बैसाख ७ मा हुने

काठमाडौं । नयाँ बर्ष २०७९ सालको शुभकामना आदानप्रदात तथा स्थानीयतहको उम्मेदवारमा शेर्पाहरुको पहुँच थप गर्ने लक्ष्यले काठमाडौंमा बैसाख ३ गते हुने भनिएको बृहत शेर्पा भेला विषेश कारणले चार दिन पछि सारिएको आयोजकले जनाएको छ ।
सम्पुर्ण तयारी सम्पन्न भए पनि प्रमुख अतिथिका कारण बैसाख ७ गते विहान ११ बजे कुन्डलिटी पार्टी प्यालेसमा आयोजना हुने आयोजक आङपेम्वा शेर्पाले जानकारी दिए ।
शेर्पाहरुको राजनितीक सहभागिता र पदिय सुनिश्चितता कम्जोर हुनुले राज्यशक्तिमा कम उपस्थिती हुने गरेको भन्दै राजनितीक शक्तिसँगै स्थानीयतहमा उपस्थिती बृद्धि गर्ने लक्ष्यले भेलाको छ ।
भेलालाई नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको शेर्पाले जानकारी दिए । आसन्न स्थानीयतहको निर्वाचत केन्द्रीत भएर चुनाव जित्ने लक्ष्यले भेलामा रणनिती समेत तय गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । भेलामा सम्पुर्ण शेर्पाहरुले आफ्नो जातीय पोशाकमा अनिवार्य रुपमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन समेत आयोजकले अनुरोध गरेको छ ।
Topics
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल