राजश्व चुहावट पाँच जना विरुद्ध ४२ करोड मागदावी सहित मुद्दा दर्ता

राजश्व चुहावट पाँच जना विरुद्ध ४२ करोड मागदावी सहित मुद्दा दर्ता

काठमाडौँ । भन्सार चोरी पैठारी गरी भारतीय कपडा लगायतका मालवस्तुहरु काठमाडौँ ल्याई बिक्री वितरण गरी राजश्व चुहावट गर्ने पाँच जना बिरुद्ध ४२ करोड बढीको माग दाबीसहित मुद्दा दर्ता गरिएको छ ।

वीरगञ्ज २८ का रामेश्वर पण्डित भनिन रामेश्वर तिवारी, काभ्रे पाँचखेलका ट्रक चालक श्यामबहादुर श्रेष्ठ, वीरगञ्ज २ का विष्णु एण्ड विकेश सप्लायर्सका कारोबार हेर्ने व्यक्ति तथा रमाशंकर गुप्ताको काठमाडौँको कारोबार हेर्ने मनोज साह कलवार, गुल्मी वाग्लाका विष्णु एण्ड विकेश सप्लायर्सका प्रोप्राइटर विष्णुप्रसाद घिमिरे र हाल काठमाडौँ ताहाचल बस्ने भारतीय नागरिक अमितकुमार अग्रवाल बिरुद्ध २१ करोड २ लाख ३८ हजार ५ सय ७३ रुपियाँ बिगो र त्यत्तिकै मात्रामा जरिवानाको माग दाबीसहित आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

मूल्य अभिबृद्धि करतर्फ ९ करोड ९६ लाख ८८ हजार ७ सय ३ रुपियाँ, आय करतर्फ ८ करोड २७ लाख ४५ हजार ८ सय २७ रुपियाँ र अन्य २ करोड ७८ लाख ३ हजार ८ सय ४२ रुपियाँ राजश्व छलि गरेको अनुसन्धानबाट पुष्टी भएपछि मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position