छोरा, छोरी र श्रीमती उम्मेदवारसँग कार्यकर्ता रुष्ट, जीतको सम्भावना न्यून

छोरा, छोरी र श्रीमती उम्मेदवारसँग कार्यकर्ता रुष्ट, जीतको सम्भावना न्यून
स्थानीय तहमा गठबन्धनबाट उम्मेदवार बनाइएका नेताका परिवारका सदस्य अर्थात कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सृजना सिंह, प्रचन्डकी जेठी छोरी रेनु दाहाल र उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव

काठमाडौं । सत्ता गठबन्धन पाँच दलका उच्चनेताहरुले स्थानीय तह निर्वाचनमा छनौट गरेका छोरा, छोरी र श्रीमती पारिवारिक उम्मेदवारप्रति दलआवद्ध कार्यकर्ताहरु रुष्ट भएको पाइएको छ । राजनीतिमा संलग्ननै नभएका र आमकार्यकर्तालाई भन्दा परिवारका आफन्तलाई मात्र अवसर दिएको भन्दै कार्यकर्ताहरुले निर्वाचनमा सहयोग नगर्ने गरी रणनीति अपनाउन थालेको पाइएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्मकमल दाहाल (प्रचन्ड) का जेठी छोरी रेनु दाहाललाई पुनः चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवार बनाएका छन् । यता नेपाली कांग्रेसका नेता सिंहले राजनीतिमा नामै नसुनिएको र योग्दान विनाका श्रीमती सृजना सिंहलाई काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएसँगै कार्यकर्ता जगतमा असन्तुष्टी चुलिएको हो । भरतपुरमा भने पारिवारिक उम्मेदवारलाई नमान्ने भन्दै गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका प्रभावसाली नेता पूर्वसांसद जगन्नाथ पौडेलले मनोनयन पत्र दर्ता गराएका छन् ।

यता कांग्रेस नेता प्रकाशमान सिंहले पनि श्रीमती सृजना सिंहलाई प्रमुखमा उम्मेदवारी बनाएसँगै कांग्रेस कार्यकर्ताहरुमा असुन्तुष्टी चुलिएको र अन्तरघातका योजनाहरु बुन्न शुरु भएको छ । यो अवस्था हेर्दा गठबन्धनबाटै उठाइएका पारिवारिक उम्मेदवारहरुले जित्ने सम्भावना न्यून रहेको पाइएको छ । गठबन्धन आवद्ध करिव एक हजार जना कार्यकर्तासँग गरिएको सर्वेक्षणको नजिता अनुसार यी उम्मेदवारले जित्ने सम्भावना नभएको पाइएको हो ।

त्यसै गरी गठबन्धनकै अर्का दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिकामा उपप्रमुखमा आफ्नै छोरा अमरेन्द्र यादवलाई उम्मेदवारी बनाएका छन् । विराटनगरमा समेत सकृय राजनीतिमा जीवन त्याग गरेका कार्यकर्ता नेताले टिकट नपाएको र परिवारका आफन्तले मात्र टिकट पाएको भन्दै चर्को विरोध भएको छ । अधिकांस क्षेत्रमा बागी उम्मेदवार समेत दर्ता भएको छ भने कार्यकर्ता विच पनि अन्यदलका उम्मेदवारलाई जिताउने गरी गतिविधि गरेको नेपालडिटेलले फेला पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position