भोलीदेखि आन्तरिक उडान बन्द गर्ने चेतावनी

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीहरुले भोलि बैशाख १६ गते आन्तरिक हवाई उडान सेवा बन्द गर्ने चेतावनी दिएको छ । विहीबार विज्ञप्ती जारी गर्दै वायूसेवा सञ्चालक संघ नेपालले नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने भन्दै सेवा ठप्प पार्ने जनाएका हुन् ।
प्राधिरकणले भोलि बैशाख १६ गते देखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको उडानको तालिका राखेको भन्दै आपत्ति जनाएका छन् । प्राधिकरणले विहीबारदेखि लागु हुने गरी ७ वटा विमानस्थलमा रात्रीकालिन अर्थात १८ घण्टा सेवा सूचारु गर्ने निर्णय गरेका छन् । चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, धनगढी र नेपालगन्ज विमानस्थलमा १८ घण्टा सेवा सुचारु हुने भएको नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए ।
प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका नौ वटा आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो ।
Topics
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल