२० जनाले गरे कञ्चनजंगा आरोहण

काठमाडौं, बैशाख २२ गते । आठ विदेसी आरोही सहित १२ जना शेर्पा गाइडको टोलीले यो वर्षको पहिलो पटक विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगाको आरोहण गरेका छन् ।
विहीबार ४ः५२ बजे २० जनाको टोली कञ्चनजंगा हिमालको चुचुरो पुगेको आरोहण आयोजक कम्पनी पायोनियर एडभेन्चर ट्रेक्सका प्रमुख पासाङ शेर्पाले जानकारी दिनुभयो । सफल आरोहण गर्नेमा ताइवानका आरोही चुङ हान लु, भारतका आरोही भाग्वान भिकोवा चाउले, पन्कज कुमार, च्सावा वर्ग, मनिसा रिसी गइड, प्रियांका मंगेस मोहित, नारायन ल्येर र अमेरिकाका आरोही सिरा इडिल्ला क्रोवेल रहेको शेर्पाले जानकारी दिनुभयो ।
आरोहणको लिडर भने संखुवासभा मकालुका गाइड मिङमा दोर्ची शेर्पा, सानु शेर्पा, वाङ दोर्ची शेर्पा, पेम्छीरि शेर्पा, टासि शेर्पा, आङदावा शेर्पा, लाक्पा दोर्ची शेर्पा, छाङवा शेर्पा, ङातेन्जी शेर्पा, डन्डु शेर्पा, फुर्तेन्जी शेर्पा र पासाङ ल्हामु शेर्पा रहेको कम्पनीले जनाएको छ ।
कञ्चनजंगामा भने ७ आरोहणदलबाट ६८ जना आरोहीले आरोहणका लागि पर्यटन विभागबाट अनुमती लिएका छन् । यस महिना नेपालका अग्ला २६ वटा हिमाल आरोहण गर्न ११३ आरोहणदलबाट ७४ देशका ९१८ जना आरोहीले विभागबाट अनुमती लिएको छ ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल