वर्षेनी नेपाल आउन नपाउदाँ दुखी हुने कोरियन आरोही ‘किम’

काठमाडौं । बैशाख २६ गते काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा बोल्दै कोरियाका विश्वप्रख्यात पर्वतारोही किम मि गोनले कोरोना महामारीले दुई वर्ष नेपाल आउन नपाउदाँ दुखी भएको बताए । नेपाललाई दोस्रो घर मान्दै प्रत्येक वर्ष नेपाल आउने आरोही किम हालसम्म २५ पटक भन्दा बढी नेपाल आइ सकेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं नेपाल पर्यटन बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले सहितको उच्च पदस्थ अधिकारीहरुको उपस्थित रहेको कार्यक्रममा बोल्दै भने, कोरोनाको चिन्ता भन्दा पनि मलाई नेपाल आउन नपाएकोमा चिन्ता बढी लागेको थियो ।

कोरोनाले थलिएको पर्वतीय पर्यटनलाई प्रवद्र्धन गर्न किम सहितको ६ जनाको टोलीले मानव पाइला पुग्न नसकेको मनाङको नार्फु क्षेत्रमा रहेको छ हजार ६९४ मिटरको फु खाङ पिक आरोहण गरेका थिए । किम २७ वर्षको उमेर हुँदा पहिलो पटक आठ हजार मिटर माथि छ्यो यू हिमालको आरोहण गरेका किमले हाल विश्वकै आठ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरी सकेका छन् । उहाँ १४ वटा हिमाल आरोहण गर्ने विश्वको ४० औं व्यक्ति हुन् भने कोरियाका सातौ व्यक्ति हुन् । उनी नेपालको संस्कृति, रहनसहन र वातावरण असाध्यै मन पर्ने गरेकाले प्रत्येक वर्ष आउने गरेको बताए ।
किम सहितको आरोही टोलीलाई सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र निजी संघसंस्थाहरुले सम्मान गरेका थिए । किम मि सहितको टोलीले गत मे ९ तारिखमा उक्त हिमालको सफल आरोहण भएको थियो । आरोहण गर्नेहरुमा किम मि सहित ह्वाङ सुङ मि, काङ सिङ वाङ, जाङ दाइ बो, किम मिन सो, लि कुन जीन रहनु भएको छ । आरोहीहरुलाई मन्त्रालयका सचिव न्यौपानेले खदा र प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । फु खाङ पिक आरोहण कम्पनी ट्रेकिङ क्याम्प नेपालले आयोजना गरेको थियो । कोरियाका आरोही किम सहितको टोलीले नेपालको पर्यटन प्रवद्र्धनमा नेपालमा मात्र नभएर कोरिया र अन्य देशमा समेत टेवा पर्याउदै आएको ट्रेकिङ क्याम्प नेपालका प्रमुख वाङछु शेर्पाले बताए ।
काठमाडौंमा सोमबार आयोजित बधाई कार्यक्रम बोल्दै कोरियाका आरोही किम मि गोन
सरकारले पहिचान गरी आरोहणका लागि खुल्ला गरिएका हिमालहरु मध्ये अझै ८० वटा भन्दा बढी हिमाल आरोहण हुन नसकेको पर्यटन विभागको तथ्याङकमा उल्लेख छ । भीड हुने र सहज आरोहण हुने हिमालमा मात्र आरोहीको भीड लाग्ने गरेको भन्दै अन्य हिमालको प्रवद्र्धन गर्न कोरियाका आरोहीहरुको योग्दान रहेको भन्दै पर्यटन सचिव न्यौपानेले उनीहरुलाई बधाई दिए ।
नेपालमा आरोहण नभएका हिमाललाई प्रवद्र्धन गरेर पर्वतीय पर्यटनको संख्यामा बृद्धि गर्ने लक्ष्य मन्त्रालय र यस अन्तर्गत रहेका निकायहरुले पहल सुरु गरेको सचिव एवं नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहनु भएका न्यौपानेले जानकारी दिनुभयो । मानव पाइला पुग्न नसकेको फु खाङ पिकको पहिलो पटक सफल आरोहण गरेर कोरियाका आरोहीले नेपालको पर्वतीय पर्यटनमा सहयोग गरेको छ, त्यसैले हामीले उहाँहरुलाई सम्मान सहित बधाई दिएका हौ उहाँले भन्नुभयो । हिमालसँग विदेशीहरुको मन जोडिएको हुनाले आरोहण नभएका हिमालहरुको पर्वद्र्धनमा सरकार लागि परेको उहाँको भनाई छ ।
नेपालको अर्थतन्त्र आधार पर्यटन क्षेत्र र त्यसमा पनि गुणस्तरीय पर्यटनको रुपमा पर्वतारोहण क्षेत्र भएकाले सरकारले यसको प्रवद्र्धनमा कुनै कसुर बाँकी नराख्ने सचिव न्यौपानेले बताउनुभयो । निजी क्षेत्रको सहयोग विना नेपालको पर्यटन क्षेत्रको कल्पना समेत गर्न सकिन्न तर राज्यसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनका लागि हामीले पहल गरे पर्यटन क्षेत्र पुरानै शैलीमा फर्कन कुनै समय नलाग्ने उहाँले बताउनुभयो । सन् २०२२ देखिको पर्यटन आगमनको तथ्याङकलाई हेर्दा पर्यटन क्षेत्रमा आशा पलाएको उहाँले बताउनुभयो ।
नेपाल आगमन हुने पर्यटकको तथ्याङकलाई हेर्दा यसअघि कोरियाका पर्यटन पाँचौ स्थानमा रहेको अर्थात बार्षिक ४० हजार जनाको संख्यामा नेपालमा पर्यटक भित्रिने गरेको कोरियन टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन नेपालका अध्यक्ष अमरबहादुर शाहीले बताए ।

भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल