निर्वाचन समयमा चार दिन बिदा दिने सरकारको निर्णय

फाइल फाेटाे
काठमाडौं । नेपाल सरकारले मङ्सिर ४ गते आइतबार हुने आम निर्वाचनका लागि मङ्सिर २ देखि ५ गतेसम्म चार दिन बिदा दिने निर्णय गरेको छ । विद्यालय चार दिन र सरकारी कार्यालय ४ र ५ गते दुई दिन बिदा हुने भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले मङ्गलबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । मङ्सिर २ गते शुक्रबार, ३ गते शनिबार, ४ गते मतदानको दिन र ५ गते सोमबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ । मङ्सिर ४ गते एकै चरणमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ ।
Topics
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल