२ वडाबाट २ करोडको मुला निर्यात

पाँचथर÷जिल्लाको फिदिम नगरपालिकाका २ वटा वडाबाट यो सिजनमा २ करोड रुपैयाँको मुला निर्यात भएको छ । इलामको पशुपतिनगर र रक्सौल नाकाहुँदै यहाँ उत्पादन भएको मुला भारत पुगेको हो ।
फिदिम– ३ र ८ वडाका करिव ५ सय जना किसानले मुला खेति गरेर यो सिजनमा २ करोड रुपैयाँ भित्र्याएको सिलौटी साना किसान कृषि सहकारी समूहका प्रवन्धक महेन्द्रप्रसाद लुइटेलले बताए । उनका अनुसार यो समूहमा ९० प्रतिशत महिलाले मुला खेति गरेका छन् ।
स्थानीय कान्छीदोगान, सुम्निमाचोक, पौवाभञ्ज्याङसमेतका गाउँमा अहिले मुला खन्ने र बेच्ने चटारो नै छ । सहकारीका अध्यक्ष गंगा राईका अनुसार किसानलाई तालिम दिएर मुलाको बीउमा ५० प्रतिशत अनुदान दिएपछि कृषकहरु मुला खेतीमा आकर्षित भएका हुन् । प्रतिकिलो १५ रुपैयाँ दरमा मुला बारीमै लिन व्यापारीहरु आउने गरेका छन् ।
यो क्षेत्रमा मुला खेती बिस्तारका लागि सहकारीले बजारको सहजीकरण गर्दै आएको छ । स्थानीय बुद्धबीर, महेन्द्र, नरबहादुर, राजकुमारी र उमादेवि मुखियासमेतका कृषकले वर्षेनी मुलाबाट ४÷५ लाख रुपैयाँ भित्र्याउने गरेको बताए । उनीहरुका अनुसार व्यापारीहरु मुला बारीमै खरिद गर्न आउने गरेकोले बजारको समस्या छैन । त्यसै भएर पनि मुला खेतीतर्फ उनीहरु आकर्षित भइरहेको अध्यक्ष राईको भनाइ छ ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल