१३२९ ले गरे हिमाल आरोहण
हिमाल आरोहण गर्न उत्तम मानिने गत सिजन (विन्टर) मा १ हजार ३ सय २९ जनाले सगरमाथासमेतका हिमाल आरोहण गरेका छन् । ती हिमाल आरोहण गरेवापत सरकाले सलामी अर्थात रोयल्टी ७ करोड ६६ लाख ९३ हजार १२ रुपैयाँ प्राप्त गरेको पर्यटन विभागका साहसिक तथा पर्वतारोहण शाखा प्रमुख (निर्देशक) राकेश गुरुङले बताए ।
देशका ४ सय ५ हिमाल आरोहण गर्न खुला गरिएको छ । ५ हजार ८ सय मिटरभन्दा बढी उचाइ भएकालाई हिमालमा वर्गीकरण गरिएको छ भने त्यो भन्दा तलकालाई उच्च पहाड मान्दै ट्रेकिङका लागि खुला गरिएको छ । पर्यटनको भाषामा सेप्टेम्बर, अक्टोबर र नोभोम्बर महिनालाई विन्टर र मार्च, अप्रिल र मे महिनालाई स्प्रिङ सिजन भनिन्छ । यी दुई सिजन नै हिमाल आरोहरण गर्ने उपय्ुक्त हावापानी र मौसम भएका सिजन हुन् । ‘हुन त यी महिनाबाहेक पनि २÷४ आरोहण हुन्छन्, तर ती गणनायोग्य हुन्न् ।’ विभागका निर्देशक गुरुङले भने ।
सन् २०२३ मा आमादाप्लम ४६ वटा र मनास्लु २६ समूहले आरोहण गरेका छन् । एक टिममा १५ जनासम्म रहने गर्छन् । विभागले जम्मा १ सय ७२ समूहलाई हिमाल आरोहण अनुमति दिएको थियो । जसमा १ हजार ६९ पुरुष र २ सय ६० जना महिलाले आरोहण गरे । हिमाल आरोहण गर्न ७६ देशका नागरिक नेपाल आएका थिए । आरोहण गर्नेमा अमेरिकन नागरिक १ सय ३०, फ्रान्सका १ सय २९, बेलायतका ९२ र चिनिया ७९ जना रहेका थिए ।
स्प्रिङ सिजन सुरु हुँदैछ । त्यसका लागि पर्यटन विभाग योजना तर्जुमा र बढीभन्दा बढी पर्यटकलाई हिमाल आरोहण गराउन आकर्षित गर्ने दिशातर्फ केन्द्रीत भइरहेको जनाउँछ । गत वर्षका आरोहणमा भएका कमिकमजोरी सुधार गर्ने, आरोहणका कुनै पनि सदस्यले सफल आरोहण गर्न आवश्यक सबै तयारी गर्दै आरोहीको संख्या वृद्धि गराउन दीगो योजनासाथ छलफल, अन्तरकृयासमेतमा सक्रिय रहेको विभागका कर्मचारीहरुको भनाइ छ ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल