बोलेरोलाई टिपरले ठक्कर दिँदा दुईको मृत्यु, पाँचजना घाइते

काठमाडौं । दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी– ३ पुरानो मालपोतअगाडि आज बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।
उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र.१ ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसलाई ठक्कर दिँदै सोही दिशामा रहेको मे।१ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा बोलेरोमा सवार झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया गीता खनालको घटनास्थलमै मृत्यु भएको र अन्य पाँचजना गम्भीर अवस्थामा रहेका प्रहरी निरीक्षक दाहालले बताए । घाइतेको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल