राष्ट्रिय सभाको अध्यक्षमा दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् ।
राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।
बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनबाट दाहाल निर्वाचित भएका हुन्।
राष्ट्रियसभाको अध्यक्षका लागि भएको मतदानमा ५६ जना उपस्थित थिए। नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलको साथ पाएका दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो।
उनको विपक्षमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादीसहितका दलको १७ मत खसेको थियो ।
माओवादी केन्द्रका स्थायी समिति सदस्य दाहाल २०७८ सालमा राष्ट्रपतिबाट मनोनीत कोटाबाट राष्ट्रिय सभामा प्रवेश गरेका थिए।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल