धरानबाट भोजपुर जाँदै गरेको बोलेरो दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौँ । धरानबाट भोजपुरका लागि छुटेको जीप दुर्घटना हुँदा पांँचजनाको मृत्यु भएको छ ।
भोजपुरको चुहार आउँदै गरेको जीप उदयपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रत्यक्षदर्शी धर्म राईले बताए । को। १ ज २५९३ नम्बरको उक्त जीप दुर्घटनामा चालक र बाँकी ४ यात्रुको मृत्यु भएको बताइएको छ । चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन ।
१४ जना सवार जीपमा ५ जना मृत्यु भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी सुदीपराज पाठकले जानकारी दिए ।
जीपमा अधिकांश यात्रु भोजपुरकै आमचोक र हतुवागढी गाउँपालिकाका छन् । घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको डीएसपी पाठकले बताएका छन् ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल