टिकटकको निर्माता कम्पनी बाइटडान्सको मुनाफा ६० प्रतिशतले बढ्यो

काठमाडौं । सामाजिक सञ्जाल टिकटकको निर्माता कम्पनी बाइटडान्सको मुनाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको छ । चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्सले अनलाइन प्रतिद्वन्द्वीहरू टेनसेन्ट र अलिबाबालाई पहिलोपटक पछाडि पारेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।
१२ वर्षअघि बेइजिङमा स्थापना भएको बाइटडान्स विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनीमध्येको एकमा विकसित भएको छ । मार्केट इन्टेलिजेन्स फर्म सिपी इनसाइट्सको प्रतिवेदन अनुसार यो कम्पनीको मूल्य झण्डै दुई खर्ब २५ अर्ब डलर भएर विश्वको सबैभन्दा मूल्यवान् प्राविधिक कम्पनी बन्न सफल भएको हो ।
प्रतिवेदनमा ।कम्पनीको आम्दानी सन् २०२२ मा झण्डै २५ अर्ब डलरबाट बढेर ४० अर्ब डलरभन्दा धेरै पुगेको र विक्री पनि ८० अर्ब डलरबाट बढेर एक खर्ब २० अर्ब डलर भएको उल्लेख छ । कम्पनीले सन् २०१७ मा टिकटक शुरु गरेको थियो । चार वर्षमा यसले एक अर्ब प्रयोगकर्ताको आँकडा पार गरेको छ ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल