कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट आज विश्वासको मत लिनुभएको छ ।
आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गर्नुभयो । उहाँको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो ।
आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित हुनुहुन्थ्यो ।
कार्की तेस्रो पटक प्रदेश सरकारमा मुख्यमन्त्री बन्नुभएको हो । यसअघि विश्वासको प्रस्तावमाथि भएको छलफलमा नेकपा ९एमाले०का प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा ९एकीकृत समाजवादी०का कमलप्रसाद जवेगुले विश्वासको प्रस्तावको पक्षमा मन्तव्य राख्नुभएको थियो । यसैगरी राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दल प्रतिपक्षमा बस्ने र मतदानमा तटस्थ बस्ने जनाउनुभएको थियो ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल