‘निफ’मा ३८ देशका ८९ फिल्म देखाइने

‘निफ’मा ३८ देशका ८९ फिल्म देखाइने

काठमाडौं । ‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ भन्ने नाराका साथ हरेक वर्ष आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित फिल्म महोत्सव ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) काठमाडौंमा सुरु भएको छ । चैत २१ गतेसम्म हुन लागेको महोत्सवको बिहीवार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली फिल्म क्षेत्रलाई सरकारले सहयोग गर्न कुनै कन्जुस्याइँ नगरेको बताउँदै फिल्मकर्मीलाई राम्रो फिल्म बनाउन सुझाव दिएका छन् । डकुमेन्ट्री ‘गोरु पर्व’ प्रिमियर गर्दै सुरु भएको महोत्सवमा ३८ देशका ८९ फिल्म स्क्रिनिङ गरिने आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

विश्वसामु नेपाली फिल्मको प्रवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमा सघाउनु महोत्सवको उद्देश्य रहेको उनले बताए । उक्त फेस्टिभलमा विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु पनि हुनेछन् ।
महोत्सवमा स्क्रिनिङ हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुबीच ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position