ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाएका छन्। मुख्यमन्त्री पोखरेलले मंगलबार (आज) आचार्यलाई बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले मन्त्री आचार्यलाई हटाएको पत्र मुख्यमन्त्री कार्यालयबाट प्रदेश प्रमुख कार्यालयमा पठाइएको जानकारी दिए। उनले ऊर्जामन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका छन्। गण्डकी प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्रीबाट मन्त्री आचार्यलाई हटाएको पत्र प्राप्त भएको जनाएको छ।
प्रवक्ता चण्डीप्रसाद अर्यालले ऊर्जामन्त्री आचार्यलाई हटाएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको सेतोपाटीलाई बताए। आचार्य नेपाल समाजवादी पार्टीका नेता तथा सांसद हुन्। उनी तत्कालीन नयाँ शक्ति पार्टीबाट २०७४ को चुनावमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट निर्वाचित भएका थिए।
आचार्यले असोज २३ मा गठबन्धनविरूद्ध गोरखामा बागी उम्मेदवारी दर्ता गराएका थिए भने पछि फिर्ता लिएका थिए। आचार्यमाथि गोरखा २ मा सत्ता गठबन्धनका उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विरूद्ध उभिएको आरोप छ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल