सातौं पटक एउटै व्यक्ति चुनावी लड्दै(सूचिसहित)

काठमाडौं । जनता समक्ष मत माग्न एक पटक होइन दुई पटक होइन एउटै व्यक्ति सात पटक सम्म पुग्ने गरेको छ । चुनावी एजेण्डामात्र बोकेर जनतासमक्ष पुगेका नेताहरुले त्यसपछि देश र जनताको पक्षमा काम गर्ने भन्दा पनि परिवार र आफ्नो पक्षमा मात्र काम गर्ने गरेको छ । तर पनि अझै एउटै व्यक्तिले सातौ पटकसम्म पनि निर्वाचनका लागि उम्मेदवारी दिएको पाइएको छ ।
संघीय संसदको प्रतिनिधिसभातर्फ १६५ सांसदका लागि आगामी ४ मंसिरमा मतदान हुँदैछ । प्रदेशसभासँगै हुन लागेको प्रतिनिधिसभातर्फ दुई हजार ४१२ उम्मेदवार चुनावी मैदानमा छन् ।
राज्यको सूविधा खान पल्केका यी नेताहरु मुख्य गरी ठुलादलका रहेको पाइएको छ । शेरबहादुर देउवा, केपी शर्मा ओली, झलनाथ खनाल, रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, कृष्णगोपाल श्रेष्ठ, महन्थ ठाकुर, अर्जुननरसिंह केसी, बलबहादुर केसी, रमेश रिजाल, पृथ्वीसुब्बा गुरुङ, रामचन्द्र झा, राजेन्द्र पाण्डे, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, हृदयेश त्रिपाठी र दीपक बोहराले सबै चुनाव लडे ।
यी नेताहरुले यसपटक सातौं चुनावी प्रतिस्पर्धा गर्दैछन् । उपनिर्वाचनसमेत जोड्दा कृष्णगोपाल श्रेष्ठ र कृष्णप्रसाद सिटौलाको त यो आठौं प्रतिस्पर्धा हुन्छ ।
२०४८ को चुनाव जितेर गृहमन्त्री भएका देउवा पाँच पटक प्रधानमन्त्री भइसके तर पनि यस वर्ष चुनाव लड्दै छन् ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल