Main News
समानुपातिकतर्फको मत एमालेको अग्रता कायमै
माओवादी भन्दा धेरै मत राष्ट्रिय स्वतन्त्र पार्टीको

काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ । सोमबार दिउँसो १ बजेसम्म अढाइ लाख गणना हुँदा एमालेले ८४ हजार ८ सय मत सहित अगाडि छ ।
एमाले भन्दा कांग्रेस १३ हजार भन्दा बढीले पछाडि छ । कांग्रेसले ७१ हजार पाँच सय मत पाएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ । घण्टी चिह्नतर्फ समानुपातिकमा ३६ हजार ल्याएको छ ।
चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३२ हजार ल्याएको छ । समानुपातिकतर्फ राप्रपाले उत्साहजनक मत पाइरहेको छ । अहिलेसम्म राप्रपाले २० हजार मत ल्याएको छ ।
३ हजार ७७६ मत ल्याएको एकीकृत समाजवादी भन्दा जनमत पार्टी, नेमकिपा र नागरिक उन्मुक्ति पार्टीले बढी मत ल्याएको छ ।
Topics
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल