नेपाली नोट छाप्ने जिम्मा भारतीय कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट छाप्न भारतीय कम्पनीलाई जिम्मा दिएको छ । ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतको सरकारी कम्पनीले पाएको हो ।
भारतको सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडलाई नोट छपाइका लागि समझौता गर्ने गरी राष्ट्र बैंकले आसय पत्र जारी गरेको छ ।
एक हजार रुपैयाा दरका नोटको डिजाइन, छपाइ र ढुवानीको काम सो कम्पनीले पाउने भएको हो । करिब एक अर्ब ४६ करोड रुपैयाँ बराबरको अमेरिकी डलरमा सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले काम जिम्मा पाएको हो ।
प्रतिस्पर्धामा रहेका ब्राजिल, चीन र फ्रान्सका कम्पनीले बढी रकम कबोल गरेका कारण छनोट हुन सकेनन् ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल