सांसदहरूको शपथ पुस ६ गते गर्ने

काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुको शपथको तयारी अन्तिम चरणमा पुर्याएको छ ।
संघीय संसदका महासचिव भरतराज गौतमले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको समन्वयमा शपथको समय समेत करिब करिब टुंगो लगाएको संसद सचिवालयका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार सांसदहरूको शपथ पुस ६ वा ७ गते दिउँसो १ बजे गर्ने तयारी छ ।
तर, सांसदहरुको शपथ भन्दा अगाडि निर्वाचितहरुमध्ये सबैभन्दा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनुपर्छ । ज्येष्ठ सदस्यको पहिचान संसद सचिवालयले गरिसकेको छैन ।
निर्वाचन आयायेगले संसद सचिवालयलाई निर्वाचित सांसदहरुको उमेर ९जन्ममिति० समेतको विवरण उपलब्ध गराएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको सांसदहरुको विवरणलाई मात्रै आधार नमानेर संसद सचिवालयले सम्भावित ज्येष्ठ सदस्यहरुको नागरिकता नै मगाएर अध्ययन गरिरहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् ।
सांसदहरुको शपथ भने नयाँ वानेश्नर स्थित संसद भवनमै हुनेछ । शपथ लिएपछि सांसदहरुले सांसद भएवापत प्राप्त गर्ने सेवा सुविधा पाउनेछन् । दलहरुका लागि सिंहदरबारमा र नयाँ बानेश्वरमा समेत कार्यलय व्यवस्थापन गरिएको छ । संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकहरुलाई कार्यालयका साथसाथै गाडी लगायतको पनि सुविधा उपलब्ध हुन्छ ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल