लोप बन्दै कुँडुले घर

पाल्पा । विशेष गरी जाडो मौसम र चिसो हावापानी भएको ठाउँमा कुँडुले घरको अति उपयुक्त हुने देखिन्छ । तर बढ्दो सहरीकरणसँगै यी घरहरूको अस्तित्व सङ्कटमा परेको छ । आधुनिकताको नाममा पुर्खाहरूको पुरानो संस्कृति र परम्परा हराउँदै गएको छ ।
यहाँ केही कुँडुले घरहरू पुराना र जीर्ण अवस्थामा रहेका छन् । यहाँका कुँडुले घर हेर्न बाहिरबाट पर्यटक समेत आउने गरेका छन् । यी घरले निस्दीमा आन्तरिक पर्यटक भित्र्याउन सहयोग पुर्याएका छन् । निस्दीको खादर गाउँमा पहिले धेरैजसो कुँडुले घर मात्रै थिए । अहिले ती घरहरू विस्थापित हुँदै गएको स्थानीय ओमलाल थापा बताउँछन् । अहिले आठ दश वटा मात्र कुँडुले घर रहेका उनले बताए ।
गाउँपालिकाको सुरक्षित नागरिक आवास कार्यक्रम तथा खररहित छानामुक्त अभियान सफल पार्नको लागि पनि कुँडुले घर हटाउन बाध्य भएको स्थानीयहरू बताउँछन् । कुँडुले घर देख्दा सानो भए पनि अहिलेको आधुनिक घरमा भन्दा धेरै समान अटाउने स्थानीय दिलबहादुर ढेंगाको भनाइ छ ।
कुँडुले घर ढुङ्गा र माटोको गारो लगाएर बनाउने गरिन्छ । तर पुरानै शैलीमा इट्टा र सिमेन्टको गारो लगाइ कर्कटपाताले छाएर कुँडुले घरको संरक्षण गर्न सकिने झिरुबासका वडा अध्यक्ष नविन्द्र थापा सोती बताउँछन् । निस्दीको वडा नंं ६ अर्चलेका वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता मेखबहादुर सुनारीले कुँडुले घरको संरक्षणको लागि गाउँपालिकाले नयाँ योजना ल्याउने तयारी गरेको बताए ।
Topics
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल