विहेभोज देखि पार्टीसम्म गुणस्तरहीन वियर र रक्सीको प्रयोग बड्दो

अफर दिएको वाहानामा वियरको प्रयोग
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका ६० लाख बराबरको करिब २ हजार एक सय कार्टुन बार्हसिंगे बियर बरामद गरेको छ।
विभागले बजार अनुगमनकोक्रममा टोलीले बजार निरीक्षण गर्ने क्रममा याक ब्रुअरी कम्पनीले उत्पादन गरेको बार्हसिंगे बियर काठमाडौँको धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङको ३ वटा गोदाममा भण्डार गरेको अवस्थामा बरामद गरेको जनाएको छ।
निरीक्षण टोलीले कारबाहीका लागि गोदाम सिलबन्दी गरेको छ। विभागले दिएको जानकारी अनुसार ६५० मिली लिटर र ३३० मिली लिटरका बोतलमा रहेका बियरको बजार मूल्य करिब ६० लाख भन्दा बढी पर्ने देखिएको छ।
विभागले विशेष गरी भोजभतेर तथा कतिपय रात्रिकालीन रेस्टुरेन्ट व्यवसायमा उपभोग्य अवधि सकिएका ९गुणस्तरहीन० बियर लगायत अन्य हल्का पेय पदार्थको कारोबार हुनसक्ने सूचनाका आधारमा त्यस किसिमका कारोबारस्थल र आपूर्तिकर्तारडिलरहरूको बिक्री तथा गोदाम कक्षको निरीक्षणलाई विभागले विशेष महत्वका साथ अगाडि बढाइरहेको जनाएको छ।
यस अगाडि प्रहरीले विदेशी र नेपाली ब्रान्डका चल्तीका ब्रान्डको नक्कली रक्सी उत्पादन स्थलमा छापा मार्दै त्यस्ता रक्सीहरू रात्रिकालीन व्यवसायमा प्रयोग हुने गरेको खुलाएको थियो।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल