कटहरसँग के-के मिसाएर खानु हुँदैन ?

यतिबेला धेरैको भान्सामा कटहरको तरकारी पाक्छ । यसमा पोटासियम, आइरन, क्याल्सियम, जिंक, भिटामिन-ए र भिटामिन-सी प्रशस्त मात्रामा पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
यद्यपि कटहरसँग कतिपय खानेकुरा आपसमा मिलाउन हुँदैन भन्ने धारणा छ । कटहरसँग ती खानेकुराको गुणधर्म आपसमा नमिल्दा त्यो विषाक्त हुन पुग्छ । यी खानेकुरालाई हामी विरुद्ध आहार भनेर चिन्छौं । विरुद्ध आहार छुट्टाछुट्टै खाँदा त्यसले स्वास्थ्यलाई फाइदा गरे पनि एकसाथ खाँदा यो हानिकारक हुन्छ । त्यसैमा पर्छ कटहर पनि ।
कटहरमा के-के मिसाएर खानु हुँदैन
कटहरसँग दूध मिसाएर खानु हुँदैन । दूधमा मधुरस हुन्छ र त्यसको विपरीत गुण कटहरमा हुन्छ, जुन एकसाथ खाँदा विषाक्त बन्छ । त्यस्तै कटहर खाने बित्तिकै विपरीत गुण भएको मेवा पनि खानु हुँदैन । खाएपछि तुरुन्तै मेवा खाँदा शरीर सुन्निने सक्छ ।
धेरैलाई खाना खाएपछि पान खाने बानी हुन्छ । तर कटहर खाने बित्तिकै पान खानु हुँदैन । कटहर खाएपछि तुरुन्तै पान खाँदा विभिन्न स्वास्थ्य समस्या आउन सक्छ । त्यस्तै कटहर खाएपछि मह पनि खानु हुँदैन । मह र कटहर खानु शरीरको लागि विषाक्त हुन्छ ।
विजातीय खानेकुरा मिसाएर खाँदा के हुन्छ ?
हरेक मान्छेमा पाचन क्षमता छिन्नभिन्न हुन्छ । कसैले गरिष्ठ भोजन पनि मज्जाले पचाइदिन्छन् त कसैले सामान्य भोजन पनि पचाउन सक्दैनन् । कटहरसँग विजातीय खानेकुरा मिसाएर खाँदा पाचनसम्बन्धी समस्या हुन्छ । छालाको समस्या हुने, एलर्जी तथा शरीर सुन्निने लगायत समस्या हुन सक्छ ।
कटहरमा पाइने पोषक तत्त्व
कटहरमा फाइबर, पोटासियम, आइरन, क्याल्सियम, जिंक, भिटामिन-ए र भिटामिन-सीको तथा खनिज पदार्थको समृद्ध स्रोत हो, जसले शरीरको प्रतिरक्षा प्रणालीसमेत बलियो बनाउँछ ।
कसले खानु हुँदैन ?
दमको समस्या भएको व्यक्ति र पाचनप्रणाली एकदमै कमजोर भएका व्यक्तिको लागि भने कटहरको तरकारी उपयुक्त हुँदैन ।
के हो विजातीय खानेकुरा ?
विजातीय खानेकुरा भनेको आपसमा गुणधर्म नमिल्ने खानेकुरा हुन् । यस्ता खानेकुरा आपसमा मिसाउँदा विषाक्त हुन्छ । जस्तो, दूधमा नुन मिसाउँदा, महमा घिउ मिसाउँदा, केरा र मोही मिसाउँदा, दहीमा चिया कफी मिसाउँदा विषाक्त हुन्छ ।
डा. यादव आयुर्वेदिक चिकित्सक हुन् । उनीसँग गरेको कुराकानीमा आधारित
Topics
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल