तीन जना मन्त्रीको राजीनामासहित संसद्मा एमालेले फेरि माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादमा परेका ३ जना मन्त्री प्रकाश ज्वाला, मोहनबहादुर बस्नेत र सुदन किराँतीको राजीनामा माग गरेको छ ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमाले प्रमुख सचेतक पदम गिरीले तीन जना मन्त्रीमाथिको कारबाहीबारे संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेका हुन् ।
‘बालकुमारी घटनामा छानबिन आयोगले दोषी ठहर्याएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, अख्तियारको निगरानीमा रहेका स्वास्थ्य मन्त्री मोहन बस्नेत र पुरातात्त्विक क्षेत्र रामग्रामलाई व्यक्तिको जिम्मा लगाउन खोज्ने संस्कृति मन्त्री सुदन किराँतीलाई राजीनामा गर्नुपर्ने मागबारे हामीले फागुन ६ गते देखि उठाइरहेका छौं, उनीहरुलाई तत्काल बर्खास्त गरियोस् ।’
सचेतक गिरीले प्रधानमन्त्रीले सिंगो संसदलाई जवाफ दिनुपर्नेमा छलेर हिँडिरहेको आरोप लगाए । ‘प्रतिपक्षलाई बेवास्ता गरेर बलमिच्याइँ गरेमा विगतमा संसद अवरोध भएका अनुभव छन, हामी वेल घेर्न जान नपरोस्’, गिरीले भने ।
उनले प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिनको लागि रुलिङ गर्न सभामुखसँग माग गरे । जवाफमा सभामुख देवराज घिमिरेले एउटै विषयमा पटक पटक निर्देशन गर्नु वाञ्छनीय नहुने बताए । ‘संसदमा मन्त्रीहरू उपस्थित हुनुभएको छ । प्रधानमन्त्रीको जवाफ माग भएको सम्बन्धमा सिंगो संसदको ध्यानाकर्षण गराउँछु’, सभामुख घिमिरेले भने ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल