चेपाङबस्तीलाई न्यायदिन फोनिजको पुर्ण बैठककाे माग

चेपाङबस्तीलाई न्यायदिन फोनिजको पुर्ण बैठककाे माग

काठमाडौं । स्थानीय प्रसासन तथा चितवन राष्ट्रिय निकुन्जले चितवनको माडीको कुसुमखोलास्थित चेपाङबस्ती माथि गरेको अमानवीय कृयाकलाप माथि काठमाडौंमा शनिबार सम्पन्न नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) संघिय समितिको दोस्रो पुर्ण बैठक आपत्ति जनाउदै निर्दोस पीडित चेपाङ परिवारहरु माथि न्याय दिनु पर्ने माग गरेको छ ।

पटक पटक विभिन्न बहानामा स्थानीय आदिबासी जनजाति माथि प्रहार गर्दै आएको भन्दै आउने दिनहरुमा यस्ता कृयाकलाप नगरी समन्वय र सहकार्यबाट अघि नबढे आम आदिबासी जनजातिहरु यस्ता कृयाकलापको विरोधमा उत्रिन बाध्य हुने फोनिजका महासचिव मिलन लिम्बुले बताए ।

शुक्रबार देखि शूरु भएको बैठकले विभाग गठन, भाविकार्यदिशा तय देखि आउँदै गरेको स्थानीयतहको निर्वाचनमा समान समानुपातिक सहभागिता सुनिश्चित गराउनु पर्ने जस्ता विषयलाई अघि सारेको लिम्बुले जानकारी दिए । चैत ७, ८ र ९ गते सम्पन्न सातौ राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमितिको चयन भएको थियो । नवनिर्वाचित समितिलाई प्रेस संगठन नेपालले शनिबार बधाई तथा शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position