राष्ट्रियसभा अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिँदै

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सहित २० जनाको पदावधि आज आइतबारदेखि सकिँदैछ ।
नयाँ संविधान बमोजिम राष्ट्रिय सभा गठन भएपछि पहिलो पटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला ६ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आज राति १२ बजेदेखि सकिने भएको हो ।
पदावधि सकिनेमा एमालेबाट निर्वाचित राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल थापा ९पार्वती०, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ, रामचन्द्र राई छन् ।
कांग्रेसबाट निर्वाचित पाँच सांसदको पनि पदावधि सकिएको छ । कांग्रेसका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजंग रायमाझी र दृगनारायण पाण्डेको पदावधि सकिएको छ ।
माओवादीका तीन जनाको पनि पदावधि सकिएको छ । जसमा महेशकुमार महरा, बिना पोखरेल र हरिराम चौधरी छन् । त्यस्तै एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा, जसपाकी प्रमिला कुमारी, र स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटाको पनि पदावधि सकिएको छ ।
यता राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको पनि पदावधि सकिएको छ । पौड्यालको ठाउँमा मन्त्रिपरिषद्को सिफारिसमा एक जना मनोनित हुनेछन् भने बाँकी १९ सांसदका लागि निर्वाचन भएको थियो । उनीहरुको सपथ सोमबार हुँदैछ ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल