फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ

NepalDetail

फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । फागुन ११ गते भक्तपुरमा मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न भक्तपुरका २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

फागुन १० गते तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर २ घर भइ हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३३ को गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान् हराएको र श्रीमान् चाहिए सूर्यविनायक जंगलमा दुई लाख लिइ आउनूु भन्दै आफूलाई फोन आएको भनेर प्रहरी वृत्त जगातीमा सूचना दिएकी थिइन् ।

त्यसपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा ११ गते भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर–८ स्थित रोदन बस्नेतको गोठमा निज गोपालप्रसाद ढकाल मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । परिसरका प्रहरी निरीक्षक निर्मल थापाले घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका ६ का वर्ष २९ को सन्तोष सुवाल रहेको बताए ।

खोजतलासका क्रममा शनिबार उनलाई काभ्रपलाञ्चोक मण्डनदेउपुर ६ मा पक्राउ गरिएको प्रहरीको भनाइ छ । सुवालको साथबाट मृतक ढकालको मोबाइल र ज्याकेट बरामद गरेको पनि प्रहरीको भनाइ छ । प्रहरी निरीक्षक थापाले भने, घटनाको अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका ६ का प्रेमबहादुर सुवालको छोरा वर्ष २९ को सन्तोष सुवाल रहेको भन्ने कुरा सुन्न आयो ।

खोजतलासका क्रममा शनिबार निजलाई काभ्रपलाञ्चोक मण्डनदेउपुर ६ मा पक्राउ गरिएको छ । उनी बाइक मेकानिक रहेछन् । उनको साथबाट मृतकको मोबाइल र फोटोमा देखिएको ज्याकेट बरामद गरेका छौँ । यसअघि चोरी सम्बन्धी कसुरमा २०७८ मा मुद्दा चलेको र २०७५ मा अभद्र व्यवहारको मुद्दा चलेको रहेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position