संस्कार , संस्कृति गौरव र सम्पत्ति हुन् : सभामुख घिमिरे

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वभित्र अनेकौँ उज्याला चेतनाका पक्ष रहेकाले मानिसको जागरण र आत्मबोधलाई उजागर गर्न मद्दत मिलोस् भन्ने कामना व्यक्त गनुभएको छ ।
उहाँले महाशिवरात्रि पर्वका अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा धार्मिक सांस्कृतिक महत्वको महाशिवरात्रि पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता, सद्भाव र एकता कायम गर्न सकोस् भन्ने कामनासमेत व्यक्त गर्नुभएको छ ।
“महाशिवरात्रि विश्वभरका हिन्दूहरु पशुपतिनाथ मन्दिर दर्शनका लागि आउने गरेका छन्, महाशिवरात्रि पर्वसँग पशुपति क्षेत्रको मात्र नभई नेपालको धार्मिक र सांस्कृतिक पक्ष पनि गाँसिएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “महाशिवरात्रि पर्वमार्फत पशुपतिनाथलाई विश्वको आध्यात्मिक केन्द्रका रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ ।”
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको र संस्कार एवं संस्कृतिमा फरक भएकैले नेपालीहरु आज विश्वसामु फरकरूपमा प्रस्तुत भइरहेका सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, “संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन् । विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, भेषभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन् ।”
महाशिवरात्रि भगवान् शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो । भगवान् शिव उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रुपमा पुराणमा उल्लेख छ ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल