जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।
उनले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नेछन् । यस्तै वन तथा वातावरण मन्त्रालयमा नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्रीको रूपमा दीपक कार्कीले नियुक्ति पाउने छन् ।
नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा र नेकपा (एकीकृत समाजवादी) सम्मिलित पाँच राजनीतिक दलको गठबन्धन बनेसँगै अब सरकारले विश्वासको मत पाउने निश्चित भएको छ ।
यसर्थ प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । यादवसहित तीन मन्त्रीले आजै शपथ खाने कार्यक्रम रहेको छ । यससँगै मन्त्रिपरिषद् २३ सदस्यीय हुनेछ ।
नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल