प्रधानमन्त्री प्रचण्डलाई तेस्रोपटक विश्वासको मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन्।
नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम उनले आज पेस गरेको प्रस्तावका पक्षमा १५७ र विपक्षमा एक सय १० मत खसेको हो । मतविभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो ।
मतविभाजन प्रक्रियामा जम्मा दुई सय ६८ सांसद सहभागी थिए । बैठकमा सभामुख देवराज घिमिरेले मतविभाजन परिणाम सुनाउँदै प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त भएको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री दाहालले यही फागुन २१ गते नयाँ सत्तागठबन्धन बनाएपछि उनलाई समर्थन गरेको दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको थियो । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत १ गते ११ बजे बस्नेछ ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल