भोली देखि अन्तर्राष्ट्रिय रेस्लिङ

काठमाडौं। भोली शनिबार देखि नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा एक दिने अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता भृकुटिमण्डपमा शुरु हुने भएको छ । चैते दशैं तथा नयाँ वर्षको अवसरमा प्रतियोगिता हुन लागेको हो ।
रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरहरुले प्रतिस्पर्धा गर्ने फाउन्डेनकी अध्यक्ष समेत रहेकी रेस्लर भगवती खड्काले जनाइन् । नेपालबाट भगवतीसहित नेपाली ब्रो (कुमार थापा), कम्ब्याट किङ (अभिराज सिंह), अस्मिता सुनार (जुरेली), सपना माझी, सपना गोपाली, मनिषा रानाभाट, स्नेहा थापा मगरलगायलते प्रतिस्पर्धा गर्ने छन् ।
अमेरिकाबाट पेट्रो ओटेगा, भारतबाट अमित र असासियन तथा पाकिस्तानबाट शेर खानले प्रतिस्पर्धा गर्ने अध्यक्ष खड्काले जानकारी गराइन् । निर्णायक गुणराज रुचालले खेल सञ्चालन गर्ने छन् ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल