घिसिङको प्राथमिकता नवौं राष्ट्रिय खेलकुदमा

घिसिङको प्राथमिकता नवौं राष्ट्रिय खेलकुदमा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

राखेपको सदस्य सचिवको जिम्मेवारीमा फर्किएपछि घिसिङले आफ्नो पहिलो प्राथमिकतामा राष्ट्रिय खेलकुद रहेको बताएका हुन् । यसै आर्थिक वर्षमा नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि चाडै प्रदेश खेलकुदका सदस्य सचिवहरुसँग छलफल गर्ने उनले बताए ।

राष्ट्रिय खेलकुद प्रतियोगिता मेरो पहिलो प्राथमिकतामा पर्छ । राष्ट्रिय खेलकुद प्रतियोगिता भनेको राष्ट्रिय विषयबस्तु हो,सदस्य सचिव घिसिङले भने, म चाडै प्रस्ताव गर्न चाहन्छु र सायद केहि दिनमा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई प्रस्ताव गर्छु । यसै आर्थिक वर्षभित्र राष्ट्रिय खेलकुदको आशा गर्न सकिन्छ ।

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुनेछ । यस अघि फागुनमा हुने बताईएको थियो । तर, कोभिड–१९ को कारण प्रतियोगिता स्थगित भएको थियो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठमा गर्ने बताउदै आएका थिए । तर, सदस्य सचिव घिसिङले बैशाखमा हुने स्थानीय तहको निर्वाचनले गर्दा जेठमा राष्ट्रिय खेलकुद आयोजना गर्न सकिनेमा आशंका व्यक्त गरे ।

ुराष्ट्रिय खेलकुद फागुनमा हुनुपर्ने थियो,भएन । अब बैशाख ३० सम्म राष्ट्रिय खेलकुदमा जानै सक्दैनौं । तर राष्ट्रिय खेलकुदका लागि तयारीको पक्षहरु हामी गर्न सक्छौं, उनले थपे, ुमाननीय मन्त्री ज्युले विभिन्न प्रदेशका खेलकुद मन्त्रीसँग छलफल गर्नु भएको छ । अब सातै वटा प्रदेशका सदस्य सचिवहरुसँग सामूहिक छलफल गर्ने योजनामा छु । निर्वाचनलगत्तै हामीले प्रतियोगिता गर्नका लागि छनोटको कामहरु, तालिमको कामहरु गर्न सकिन्छ ।

राष्ट्रिय प्रतियोगिता आयोजना अघि खेलाडीलाई तयारीका लागि निश्चित समय आवश्यक हुने र त्यो पूरा भएपछि मात्र राष्ट्रिय खेलकुदमा खेलाडी लैजाने उनले बताए । खेलकुदको एउटा युनिभर्सल ट्रुथ छ । यसको एउटा स्टान्डर्ड छ । खेलाडीलाई निश्चित समयसम ट्रेनिङ नगराई गराईएको प्रतियोगितालाई प्रतियोगिता मान्न सकिदैन । त्यसकुरामा विश्वास राख्छु । प्रतियोगिता गर्नका लागि गर्ने भन्दा पनि प्रतियोगिता अघि खेलाडीले न्यूनतम समय पाउछ त्यो उसले पाउनुपर्छ, सदस्य सचिव घिसिङले थपे ।

सदस्य सचिव घिसिङले एसियन गेम्सको तयारीका लागि तुरुन्तै कामहरु अघि बढाउने बताए । मेरो ओलम्पिक कमिटिसँग कुरा भईसकेको छ । छलफलको लागि भोलि नै बोलाएको छु । किनभने एसियाली खेलकुदको लागि राष्ट्रिय टिमको तयारी र गर्नु पर्ने कामहरुलाई तुरुन्तै अघि बढाउने छु, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position