खुम्बु आइसफलमा गाइडको मृत्यु

खुम्बु आइसफलमा गाइडको मृत्यु
खुम्बु आइफल नजिक मृत्यु भएका गाइड सोलुखुम्बुका ३७ वर्षीय गाइड शेर्पा

काठमाडौं । सगरमाथाको दोस्रो क्याम्प तर्फ जाने क्रममा खुम्बु आइसफल नजिक बिहीबार एक गाइडको मृत्यु भएको छ। खुम्बु आइफल काट्ने क्रममा पहिलो क्याम्प नजिक बिरामी परेका गाइड निमातेन्जी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ।

माप्य दुधकोशी गाउँपालिका-७ सोलुखुम्बुका ३७ वर्षीय गाइड शेर्पा दोस्रो क्याम्पतर्फ जानेक्रममा बिरामी परेपछि तत्कालै मृत्यु भएको गाइड हो । मृतकको शव लुक्लामा पोष्टमार्टेम गरी हेलिकप्टरबाट काठमाडौं ल्याएर परिवारलाई जिम्मा लगाएको छ । इन्टरनेस्नल माउन्टेन गाइड (आइएमजी) कम्पनीबाट आरोहणका लागि गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position