भ्रष्टचार गरेको भन्दै अध्यक्ष शेर्पा विरुद्ध अख्तियारमा मुद्दा दर्ता

भ्रष्टचार गरेको भन्दै अध्यक्ष शेर्पा विरुद्ध अख्तियारमा मुद्दा दर्ता

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका—१ का निवर्तमान वडा अध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अध्यक्ष शेर्पाले विभिन्न व्यक्तिको नाममा फर्जि कागजात बनाएर सामाजिक सुरक्षा भत्ता लिएर भ्रष्टचार गरेको प्रमाण सहित कारवाहीको माग गर्दै उजुरी दर्ता भएको हो ।

शेर्पाले मानिसनै नभएको व्यक्ति र गाउँबाट काठमाडौं बसाई सरेर आएका व्यक्ति लगायत आधादर्जन बढी व्यक्तिको नाममा विगत चार वर्ष देखि रकम लिएर भ्रष्टचार गरेको उजुरीमा उल्लेख छ । वडा अध्यक्ष शेर्पाले लिखुपिके गाउँपालिका–१ बाट काठमाडौं बसाइसरि आएकी कान्छी शेर्पाो नामको वृद्धभत्ता बुझिलिएको खुलेको छ , भने ङिमी शेर्पाको बिदुवा भत्ता लिएर सम्बन्धित व्यक्तिलाई नदिएको र मृत्यु भएको व्यक्तिको नामसमेत वृद्धभत्ता अध्यक्षले लिएको उजुरीमा उल्लेख छ ।

शेर्पाले चार वर्षसम्म वडा कार्यालय निर्माण नगरेर आफ्नै घरमा कार्यालय राखी चर्काे भाडा असुलेका थिए । अध्यक्ष शेर्पाले विकासको कार्यमा समेत भ्रष्टाचार र मनोमानी गरेको भन्दै स्थानीयबासीले विरोध जनाउदै आएका थिए । वडा कार्यालय भवन, स्वास्थ्य चौकी भवन र हिमालयन ट्रष्टद्धारा निर्माण गरिएको भवनमा आफ्नै मनोमानी चलाएको उजुुरीमा उल्लेख छ ।

वडाको भवन निर्माण गर्दा वडाबासीलाई पायक पर्ने गरि केन्द्रभागमा निर्माण गर्नुपर्ने भएपनि आफ्नै जग्गा नजिक वडा कार्यालय निर्माण शुरु गरेको आरोप छ । वडासदस्य मिङमार गेल्जे शेर्पासँग मिलेर सस्तोमा जग्गा खरिद गरी तर पछि वडा कार्यालय अपायक क्षेत्रमा जग्गा दानमा मागेर निर्माण गर्न सुरु गरेको छ ।

अध्यक्ष शेर्पालाई सहयोगीको रुपमा वडा सदस्य मिङमा ग्याल्जे शर्पाको समेत रहेको यी दुवै जना फेरी जनप्रतिनिधि हुनका लागि मनोनयन दर्ता गरेका छन् । यी दुवै जना माथि कारवाहीको माग सहित मनोनयन खारेजको माग राखेर स्थानीयहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position