४८ घण्टा देखि सबै नाका बन्द गरिने

४८ घण्टा देखि सबै नाका बन्द गरिने
फाइल फाेटाे

काठमाडौं । ४८ घण्टाको अवधि देखि सबै अन्तर्राष्ट्रिय नाकाहरु बन्द गरिने भएको छ । निर्वाचनलाई स्वाच्छ र सफल बनाउन अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई पत्रचार गरेको छ ।

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिनको ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि नाका बन्द गर्ने निर्णय गरी सरकारलाई लेखि पठाएको हो ।

आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न नेपाल सरकार गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position