निर्वाचनमा जाँडरक्सी पुर्ण निषेध

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जाँडरक्सीको प्रयोग पुर्ण निषेध गराएको छ । निर्वाचन आयोगले विहीबार निर्णय गर्दै निर्वाचनका समयमा तोकिएको निषेधित क्षेत्रमा मादक पदार्थ पुर्ण रुपमा निषेध गर्ने भएको छ ।
स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन सख्त निषेध गर्न गृह मन्त्रालयलाई लेखी पठाउने पनि आयोगले निर्णय गरेको छ ।
आयोगले यता ४८ घण्टाको अवधि देखि सबै अन्तर्राष्ट्रिय नाकाहरु बन्द गरिने भएको छ । निर्वाचनलाई स्वाच्छ र सफल बनाउन अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई पत्रचार गरेको छ ।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिनको ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि नाका बन्द गर्ने निर्णय गरी सरकारलाई लेखि पठाएको हो ।
आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न नेपाल सरकार गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
भर्खरै
-
भद्रपुर नगरपालिकाद्वारा तराकारीको बेर्ना वितरण
-
स्ववियु निर्वाचन कार्यतालिका
-
सरकारले भूमिबाहेक पाँच अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने
-
ट्राफिक व्यवस्थापन गर्न काठमाडौंका १८० नगर प्रहरीलाई तालिम
-
राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता : प्रधानमन्त्री ओली
-
पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल